FAQs Complain Problems

Crystal Mountain School

Read More

संक्षिप्त परिचय

डोल्पो बुद्ध गाउँपालिकाको स्थापना वि.स.२०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र धो,डोल्पामा रहेको छ । यो गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेकोमा, डोल्पो बुद्ध गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल जनसंख्या २४२० (पुरुषको संख्या ११४८ र महिलाको संख्या १२७२) रहेको छ । घरपरिवार संख्या ५४३ रहेको छ । यस गाउँपालिकामा जम्मा ६ वडा रहेकोमा वडाअनुसारको जनसंख्या वडा नं. १ मा जम्मा ५२४, वडा नं. २ मा १०२, वडा नं. ३ मा ४०८, वडा नं. ४ मा ३०१, वडा नं. ५ मा ५०९ र वडा नं. ६ मा ५७६ जना रहेको छ । सबैभन्दा उच्च जनसंख्या वडा नं ६ मा ५७६ रहेको छ भने सबै भन्दा न्यून वडा नं २ मा १०२ रहेको देखिन्छ।

डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । यस गाउँपालिकामा जम्मा २ वटा प्रा‍.वि र १ मा.वि विद्यालयहरु रहेका छन् ।  यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धो तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

कार्मा छोइवेल गुरुङ

९८४९०९८८४४

पेम्मा धोर्चे गुरुङ

९८६२२५५७७७

pemadoje3575@gmail.com

पदाधिकारी

मन बहादुर थापा

मन बहादुर थापा
ईमेल: 
thapamanbahadur100.tmb@gmail.com
फोन: 
9858390196

जानकारी