FAQs Complain Problems

कोरोना भाइरस सम्वन्धि डोल्पो बुद्ध गाउँपालिकाको सन्देश।

विश्व स्वास्थ्य संगठन (WHO)ले नेपाललाई पनि उच्च जोखिम रहेको कुरा बताउँदै आएको सर्वबिदितै छ । यस्को रोकथामका लागी तपशिल बमोजिमका कार्यहरु गर्न गराउन सर्वसाधारण सबैमा अपिल गरिन्छ ।

नोबेल कोरोना भाइरसका मुख्य लक्षणहरुः-

१.ज्वरो १००.४ डिग्री फरेन्हाइट

२. स्वासप्रश्वासमा अत्याधिक समस्या

३. रुघा र खोकि

नोटः- नोबेल कोरोना भाइरसमा प्रभावित देसहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकि लागेमा , ज्वरो आएमा , घाटी/टाउको दुखेको , स्वासप्रश्वासमा अत्याधिक समस्या भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

नोबेल कोरोना भाइरस बाट कसरी आफु र अरुलाई बचाउने ?

नियमित रुपमा सावन पानिले हात धुने ।

खोक्दा वा हाच्छ्यु गर्दा नाक र मुख छोप्ने।

फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग परामर्श लिने ।

प्लु जस्तो लक्षण देखाउने जो कोहिको सम्पर्कबाट टाढा रहने ।

जङ्गली तथा घर पालुवा पशु पन्छि संगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।

पशु जन्य अन्डा तथा मासु राम्रो संग पकाएर मात्र खाने ।

ठुलो समुहमा सकेसम्म नजाने

नियमित रुपमा माक्स को प्रयोग गर्ने

 

आर्थिक वर्ष:

जन प्रतिनिधि