FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

मिति २०७८।०२।१९

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को दोस्रे भेरियन्ट नेपालको समुदाय स्तरमा व्यापक रुपमा फैलिएर जनजीवन थप कष्टकर वन्दै गइरहेको मा माथिल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाँउपालिका पनि रुघा-खोकी लागि शरिर दुख्‍ने मानिसहरुको संख्या दिनानुदिन वढीरहेको कुरा अवगत नै छ । जनताको जीउ ज्यानको सुरक्षालाई सवैभन्दा वढी प्राथमिकतामा राख्‍ने राज्यको नीति अनुसार डोल्पो बुद्ध गाँउपालिका पनि त्यसवाट अछुतो रहन सक्ने कुरा कल्पना पनि गर्न सकिदैन । यसै सन्दर्भमा डोल्पो बुद्ध गाँउपालिकाका अध्यक्षको संयोजकत्त्वमा समय समयमा वैठक वसी कोभिड-१९ वाट जोगिन अवलम्वन गर्न पर्ने सावधानीपूर्ण उपायहरु बारे जन सचेतना जगाउने कार्यहरु गर्दै आइरहेको व्यहोरा सर्ववीदित नै छ । सो सम्वन्धमा यही २०७८ साल जेठ २१ सम्म आह्वान गरि सिल गरिएको डोल्पो वुद्ध गाँउपालिकालाई पुन: २०७८ साल जेठ २१ गते राति १२ वजे देखि २०७८ साल अषाढ ५ गते सम्म स्थायी ठेगाना डोल्पो बुद्ध गाउँपालिका नभएका, वाहिरका मानिसहरु अनिवार्य रुपमा गाँउपालिकाका अध्यक्ष एंव प्रमुख प्रशासकीय अधिकृत संग सम्पर्क गरी PCR वा एन्टिजेन रिपोर्ट नेगेटिभ लिइ गाँउपालिकाले तोकेको क्वारेन्टाइनमा १४ दिन वस्ने शर्तमा अनुमती दिएको अवस्थामा मात्र प्रवेश गर्न सक्ने कुरा जानकारी गराइन्छ । साथै गाँउपालिकाका स्थानियवासी, कार्यरत कर्मचारी,शिक्षक, गाउँपालिकाका स्थायी ठेगाना भै अन्यत्र पढ्न गएका विद्यार्थी,गाँउपालिकामा विकास निर्माणको जिम्मेवारी पाएका ठेकेदार एंव मजदुरहरु (जिल्ला भित्रका) को हकमा सामाजिक दुरी कायम गरी कोभिड-१९ वाट आफू वची अरु जनसमुदायलाई पनि वचाउन सहयोग गर्ने शर्तमा गाँउपालिकाका माथि उल्लेखित पदाधिकारी वा कर्मचारीसंग सम्पर्क गरी स्वीकृती दिएको खण्डमा गाँउपालिकाको शरहद भित्र प्रवेश गर्न सक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तेम्वा गुरुङ -अध्यक्ष

आर्थिक वर्ष:

जन प्रतिनिधि