FAQs Complain Problems

वडा न. १ धाे

अध्यक्ष

छिरिङ घुटुर मगर

९८६८२९३५६६

डाेल्पा जिल्लाकाे ६ अाेटा गा‍उँपालिका र २ अाेटा नगरपालिकाहरु मध्येकाे एउटा गाउँपालिका हाे डाेल्पाे वुद्ध गाउँपालिका । जून गा‍ पा काे पस्चिम भाग डाेल्पा जिल्लाकाे शेफाेक्सुण्डाे गा पा , उतरी भाग चीनकाे स्वशासित क्षेत्र तिब्बत, पूर्वभागमा धाैलागिरी अञ्चलकाे मुस्ताङ जिल्ला र छार्काताङसाेङ गाउँपालिका र दक्षिण भाग छार्काताङसाेङ गा पा सँग सिमाना जाेडिएकाे छ । डाेल्पा जिल्लाकाे मूल क्षेत्रफल झण्डै ८२४ वर्ग कि मि अाेगटेकाे क्षेत्रफलकाे अाधारमा चाैथाे ठूलाे गा पा पनि हाे । याे गा पा १७२५६ फिट उचाइमा अवस्थित जिल्ला सदरमुकामबाट ६० काेषकाे दूरीमा अवस्थित छ । जिल्लाकाे कुल भूभागकाे झण्डै १२ प्रतिशत क्षेत्रफल अाेगटेकाे छ । गा पा काे अधिकाँश भू भाग भीर, महरा, कडा चट्टायुक्त हिमालि क्षेत्रले ढाकेकाे छ । खेतियाेग्य जमीन निकै कम र पहाडकाे खाेच एव गाउँकाे अासपासमा मात्र कृषि कार्यका लागि जमीन उपलब्ध छ । डाेल्पाे बुद्ध गाउँपालिकाका ६ वटा वडा मध्ये धाे १ नम्बर वडा हाे । यहाकाे कुल जनसङ्ख्या ४२३ रहेकाे छ । जसमा २३१ महिला र १९२ पुरूष रहेका छन । यस मा जम्मा ८४ परिवार सङ्ख्या रहेका छन । धाे (खाकार) मा एउटा स्वास्थय चाैकी रहेकाे छ, जहा जान धाे वासीलाइ ३५ मिनेट, कलाङ वासीलाइ ३ घण्टा र ताक्सि वासीलाइ ४० मिनेट लाग्छ । धाे मा कृष्टल माउण्टेन (नि मा वि) स्कुल रहेकाे छ ।

Population: 
४२३
Ward Contact Number: 
९८६८२९३५६६

जन प्रतिनिधि

वडा अध्यक्ष